काठमाडौं । नेकपा एमालेले दसैँ, तिहार र छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता सहभागी भएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा तथा नेतृ रामकुमारी झाँक्री लगायत सहभागी भए ।
कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु समेत सहभागी भए ।
एमालेले पार्टीका कार्यकर्ताका लागि साढे १२ बजे र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि साढे २ बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।
तस्बिर : प्रदीपराज वन्त