महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमण सकेर फर्किए

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरे। उनी विहान १० बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई हिजो सम्बोधन पनि गरे।

उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए। त्यसबाहेक उनले सगरमाथा आधारशिविर, अन्नपूर्ण बेसक्याम्प, गौतम वुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण गरे।

भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन्। साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्नेमा पनि उनको जोड छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित