पोखरा र भैरहवामा नियमित उडान गर्न तीन कम्पनी तयार, युएई १२ हजारमै पुगिने

काठमाडौं । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्नका लागि वायुसेवा प्रदायक तीन कम्पनीले चासो देखाएका छन्।

यूएई बेस रहेको विज एयरले भैरहवा र भुटान एयरले पोखरामा नियमित उडानको तयारी गरेका हुन्। यस्तै जजिरा एयरलाइन्सले भैरहवामा पुनः उडान गर्ने तयारी थालेको छ।

विज र जजिराले भैरहवामा तथा भुटान एयरले पोखरामा उडानको तयारी अगाडि बढाएको ती कम्पनीको नेपालका लागि आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलले जनाएको छ । जजिरा एयरलाइन्सले १० महिना अघिसम्म भैरहवा कुवेत दुईतर्फी उडान गर्दै आएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब एक वर्ष भएको छ। तर यसमा अहिलेसम्म एउटै नियमित उडान भएको छैन। यस्तै डेढ वर्षअघि सञ्चालनमा आएको गौतम बुद्ध विमानस्थल पनि व्यापारविहीन छ। त्यहाँ अहिले नेपाल वायु सेवा निगमले सातामा एउटा उडान गर्दै आएको छ।

सोसाइटी इन्टरनेसनलका सञ्चालक रविचन्द्र सिंहले गौतम बुद्ध विमानस्थलमा उडानका लागि जजिरा एयरलाइन्सले अनुमति लिइसकेको बताए।

सोसाइटी इन्टरनेसनलले ती दुई विमानस्थलमा उडान अवतरणका लागि सरकारसँग हवाइ टिकटमा लागू गरिएको भ्याट हटाउन माग गरेको छ। उसले भ्याट हटाउन माग गर्दै सोमबार पर्यटन र अर्थ मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणमा चार बुँदे निवेदन दर्ता गराएको छ।

सरकारले चालु आर्थिक वर्षदेखि हवाइ टिकटमा भ्याट लगाएको हो। ‘हामीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वटा वायुसेवा कम्पनीमार्फत उडान सुरु गर्नका लागि सरकारसँग वायुसेवा कम्पनी र यात्रुलक्षित सहुलियत माग गरेका छौं‚’ सोसाइटी इन्टरनेसनलका सञ्चालक सिंहले भने, ‘हवाइ टिकटमा लागू गरिएको भ्याट खारेज गर्नुपर्नेदेखि भिसा सेन्टर व्यवस्थापन लगायत माग राखेका छौं।’

सिंहका अनुसार कुल कारोबारमा कर छुट लगायत माग सम्बोधन भए जजिरा एयरलाइन्सले गौतम बुद्ध विमानस्थलमा केही दिनमै उडान सुरु गर्ने छ। जजिरा एयरलाइन्समार्फत गौतम बुद्ध विमानस्थलबाट यसअघि झैं कुवेतमा उडान गर्ने योजना छ।

यस्तै विज एयरले भैरहवा युएई उडानका लागि अनुमति मागेको छ। भुटान एयरमार्फत पारो पोखरा दिल्ली उडान गर्ने तयारी छ।

विज एयरको उडान सुरु भए यात्रुले १२ हजार रुपैयाँमा दुबई र ३४ हजारमा लण्डन जान पाउने उनको भनाइ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित