काठमाडौं । एप्पलले एम३ चिप भएको नयाँ म्याकबुक प्रोको लाइनअप घोषणा गरेको छ। एप्पलले एम३, एम३ प्रो र एम३ म्याक्स सार्वजनिक गरेको हो।
१४ इन्चको एम ३ म्याकबुकको सरुवाती मूल्य १ हजार ५९९ अमेरिकी डलर (२ लाख १२ हजार रुपैयाँ भन्दा बढी) रहेको कम्पनीले जनाएको छ।
एम ३ म्याक बुक १४ र १६ इन्चमा विभिन्न ७ रंगमा उपलब्ध हुनेछन्। यो मेसिन लर्निङ प्रोग्रमर, थ्रीडी आर्टिस्ट र भिडियो इडिटरका लागि काम गर्न सहज हुने ‘मल्टिटास्किङ’ डिभाइस हुने एप्पलले जनाएको छ।
नयाँ म्याक बुक प्रो मोडलमा २० प्रतिशत उज्यालो हुने एसडिआर कन्टेन्टसहितको लिक्विड रेटिना एक्सडीआर डिस्पेल, बिल्ट इन १०८० पिक्सल्सको क्यामरा, ६ वटा स्पिकर साउण्ड सिस्टम र विभिन्न ‘कनेक्टिभिटी अपसन’ रहनेछ। यो म्याकबुकको ब्याट्री लाइन २२ घण्टा रहेको कम्पनीले जनाएको छ।
इन्टेल बेस्ड म्याकबुकभन्दा एम ३ म्याकबुक अपग्रेड गर्ने प्रयोगकर्ताले ‘गेम चेन्जिङ एक्सपिरियन्स’ महसुस गर्ने कम्पनीको दाबी छ।
नयाँ म्याकबुक प्रोको अर्डर आजबाटै गर्न सकिने र यो नोभेम्बर ७ बाट उपलब्ध हुने एप्पलले जनएको छ।