नेपाल बैंक सिईओका लागि १९ जनाले दिए आवेदन

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १९ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति आज कात्तिक १२ गतेसम्ममा १९ जनाको आवेदन परेको स्रोतले जनाएको छ ।

बैंकको सीइओ बन्न अन्य २ वटा सरकारी बैंकका उच्च तहका कर्मचारीले पनि आवेदन दिएका छन् । आवेदन दिनेमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल,रमेश प्रसाद जोशी, तथा शंकर केसी रहेका छन् ।

त्यस्तै रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, र कृष्ण प्रसाद आचार्यले पनि बैंकको सीइओको लागि आवेदन दिएका छन् । अन्य आवेदकमा छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेय रहेका छन्।

आवेदन दिएका प्रताप सुवेदी कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् भने देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन्। त्यस्तै कृष्ण प्रसाद आचार्य कर्मचारी संचय कोषका पूर्व प्रशासक हुन् । रमेश प्रसाद जोशी सिन्धु विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने विभु प्रसाद अर्याल नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी हुन् । राजुनाथ खनाल बैंक कै नायव महाप्रबन्धकबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

खनालले ४ वर्ष अगाडी पनि सीईओ लागि आवेदन दिएका थिए । समता पन्त हाल नेपाल बैंकका कामु सीइओ हुन् । सुरेन्द्र भुषण श्रेष्ठ तत्कालिन नेपाल बंगलादेश बैंकका पूर्व सीइओ हुन् । दिर्घ बहादुर अर्याल हाल कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् । ध्रुव चन्द्र गौतम कृषि विकास बैंकक पूर्व उपमहाप्रवन्धक हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित