एमाले नेता सवार गाडी दुर्घटना, नविना लामासहित ११ जना घाइते

काठमाडौं । नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना भएको छ।

बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो।

गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर एमाले नेता नवीना लामा पनि घाइते भएकी छन्। उनको टाउको र बायाँ हातमा चोट लागेको छ। ब्रेक फेल भई गाडी सडकमै पल्टेको थियो।

दुर्घटनामा परेर स्याङ्जा पुतलीबजार ५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका छोरा १३ वर्षीय सुवम् श्रेष्ठ, अर्का ५ वर्षीय छोरा सुरज श्रेष्ठ पनि घाइते छन्।

यस्तै काभ्रेको खानिखोला गाउँपालिका वडा नम्बर ५ की ४० वर्षीया रचना मगर, उनकी छोरी १६ वर्षीया इन्जिला सोडारी पनि घाइते छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ की ३२ वर्षीया मीना श्रेष्ठ, सोही गाउँपालिकाका ३२ वर्षीय गोविन्द श्रेष्ठ, काभ्रे खानीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय दीपेन्द्र लामा, काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया भक्तकुमारी लामा पनि घाइते रहेको प्रहरीले जनाएको छ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय सिङताङ तामाङ पनि घाइते छन्। घाइते सबैको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित