काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य दिएको छ।
भारतको दिल्लीमा जारी खेलमा अष्ट्रेलियाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३९९ रन बनाएको हो। अष्ट्रेलियाको लागि डेविड वार्नर र ग्लेन म्याक्सवेलले शतकीय पारी खेले।
वार्नरले ९३ बलमा १०४ रन बनाए। उनले ११ चौका र ३ छक्का प्रहार गरे। विष्फोटक ब्याटिङ गरेका म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रन बनाए। नेदरल्यान्ड्सको लागि भने लोगान भ्यान बेकले ४ विकेट लिए।