दुर्गा मूर्ति विसर्जनमा गएका दुई युवकको डुबेर मृत्यु

काठमाडौं । दुर्गाको मूर्ति विसर्जन गर्न घाटमा गएका रुपन्देहीका दुई जनाको डुबेर मृत्यु भएको छ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विश्वकर्माले बताए।

त्यस्तै, सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर हराइरहेका छन्। उनको खोजी भइरहेको एसपी विश्वकर्माले बताए।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ। आज पनि स्थानीय बासिन्दा पूजापाठ गरेपछि मूर्ति विजर्सन गर्न गएका थिए।

त्यही क्रममा केही युवक नदीको संगममा पुगेका थिए। मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू डुबेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित