काभ्रे । काभ्रेमा पिङ हाल्न रूख चढ्ने क्रममा खसेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका- ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा रूखबाट खसेर घाइते भएका परियारको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पोस्टमार्टमपछि आफन्तले शव लगेका छन् ।