नवरात्रकोे नवौ दिन आज महानवमी मनाइदै

काठमाडौं । नवरात्रकोे नवौ तथा अन्तिम दिन आज महानवमी पर्व मनाइदै छ । आश्विन शुक्ल नवमी महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरी मनाइदै छ । सिद्धिदात्रीको उपासनाले सिद्धि प्राप्तहुने धार्मिक विश्वास छ ।

चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । सिद्धिदात्रीको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ । अघिल्लो रात गरिएको कालरात्रीको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खीर, तील र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ ।

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौला र नरिवल चढाउँछन् । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ । शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ । वर्षमा एकदिन महानवमीमा मात्र खुल्ने काठमाडौको हनुमान ढोका परिसरमा रहेको तलेजुको मन्दिरमा बिहानै देखि भक्तजनको घुईचो लागेको छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ ।

देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ । नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित