मुस्ताङबाट बाहिरिए ५७५५ च्याङ्‍ग्रा, भित्रियो २३ करोड रुपैयाँ

मुस्ताङ । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्‍ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्‍ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि ५ हजार ७५५ च्याङ्‍ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङ्‍ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङ्‍ग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका ४ हजार र १ हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्‍ग्रा निकासी भएको उहाँले बताए । गत २० असोजदेखि यही १ कात्तिकसम्म च्याङग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्‍ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्‍ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङ्‍ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ६ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडा च्याङ्‍ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्‍ग्रा नआएको र मुस्ताङमा च्याङ्‍ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङ्‍ग्रा मासुका लागि बजार पठाउने गरिएको छ ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्‍ग्राले लेकाली जडिबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ठ हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्‍ग्राको मासुको खपत बढी हुने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्‍ग्रा पालिएका छन् । ६५ ठूला च्याङ्‍ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन् ।

हिउँचितुवा, ब्वाँसो र जंगली कुकुर च्याङ्‍ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्‍ग्राको २५ रुपैयाँ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङ्‍ग्रा आयत नभएकाले मुस्ताङको च्याङ्‍ग्राको मूल्य बढेको व्यापारी बाबुराम बानियाले बताए ।

वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्‍ग्रा आयात हुने गर्दथ्यो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित