एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई सय रूपैयाँ बोनस ब्यालेन्स

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सयभन्दा बढी ग्राहकहरूलाई शुक्रबार प्रतिव्यक्ति एक सय बोनस ब्यालेन्स प्रदान गरेको छ।

एनसेलको १८ औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ शीर्षकअन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकहरूलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो।
भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई ‘स्योर प्राइज’ हरू पनि प्रदान गरिएको थियो। यसरी प्रदान गरिएका उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए। दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलबारे उत्कृष्ट नारा पठाउने ग्राहकहरू एक सय रूपैयाँ बोनस ब्यालेन्सकालागि छानिएका थिए।

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरी एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्। साप्ताहिक रूपमा एक सय रूपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरूले एनसेलबारे नारा पठाउन पर्ने शर्त थियो।

एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरू पनि घोषणा गर्नेछ। यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरूले एक–एक स्कुटर जित्नेछन्।

यो योजनामा सहभागी ग्राहकहरूले ४५ हजारभन्दा बढी नारा पठाएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित