काठमाडौं । नेपालीहरूको महान पर्व दसैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इन्स्यान्टमार्फत् निःशुल्क फण्ड ट्रान्सफर गर्न सक्नेछन्।
कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि उक्त अफर सार्वजनिक गरिएको हो।
नेपाल पे इन्स्यान्टमार्फत् ग्राहकहरूले बैंकरवित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आइपिएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्सफर गर्न सक्दछन्।
हाल नेपाल पे इन्स्यान्टको सुविधा कनेक्ट आइपिएस बैंकका मोबाइल बैंकिङ एपहरू तथा सेल पे, हाम्रो पे र मोरु लगायतका वालेटहरूमा उपलब्ध रहेको छ।
नेपाल पे इन्स्यान्टमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भिपिए) को आधारमा फण्ड ट्रान्सफर वा भुक्तानी गर्न सकिन्छ।
ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्सफर गर्न सक्नेछन् र यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन।
नेपाल पे इन्स्यान्टमार्फत फण्ड ट्रान्सफर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्ट आइपिएसबाट ट्रान्सफर गर्न सक्छन्।