एनआरएनएको अध्यक्षमा बद्रि केसी निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित भएका छन् । प्रतिस्पर्धीहरू आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उम्मेदवारी फिर्ता लिएकी रविना थापाले ४७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया), हेमराज शर्मा (बेलायत), खगेन्द्र न्यौपाने ९मलेसिया०, राजु रेग्मी (कतार), रामशरण सिंखडा (बेलायत) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।

यस्तै, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन् भने महासचिवममा गौरीराज जोशीले बाजी मारेका छन् ।

उपमहासचिवमा प्रवीन गुरुङ कतारबाट र सोमनाथ सापकोटा बेलायतबाट निर्वाचित भएका छन् । एनआरएनएको अधिवेशन बुधवार काठमाडौंमा शुरू भएको थियो । अब सकिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित