ऋण भुक्तानी गर्दै वायुसेवा निगम,ग्राउण्डेड रहेका सबै जहाज सञ्चालनमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका २ न्यारोबडी र २ वाइड बडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये २ न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र २ वाइड बडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत उल्लेख गरेको हो।

यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलको भनाई छ। पौडेलका अनुसार निगमको आम्दानीमा विगतका वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खर्च , नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजना समेत अन्तिम चरणमा रहेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ ।

प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान २ थान वाइड बडी र न्यारोबडी गरी कूल ४ वटा जहाज छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित