काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बिहान मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रालयका नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । संघीय निजामति ऐनलगायत केही विधेयक बिहीवारको मन्त्रिपरिषद्को कार्यसूचीमा छन् ।
केहीदिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संघीय निजामती ऐन संसद्मा पेश गर्ने बताएका थिए ।