गैरआवासीय नागरिकताको व्यवस्था गर्न निकै ठूलो संघर्ष गरेंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न निकै ठूलो संघर्ष गरेको बताएका छन्।

मंगलबार बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न फेरि अर्को संघर्ष गर्नुपरेको बताए।

‘संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ। संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्‍यो। निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं। पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो,’ उनले सम्बोधनका क्रममा भने।

आफ्नो नेतृत्वमा नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले राष्ट्रपति समक्ष नागरिकता विद्येयक सदर गर्न आग्रह गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुलेको उनले बताए।

‘मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्रि केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु। यस अवसरमा कुलजीलगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ। सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने।

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको प्रधानमन्त्रीले बताए। सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड रूपैयाँ कायम गरेको उनले उल्लेख गरे।

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको पनि बताए।

‘यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ। अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ। आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ। यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने विश्वास पनि व्यक्त गरे।

‘गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन समयमा सम्पन्न हुन नसकी संघभित्र केही विवाद र असहमतिहरू रहे। विमतिहरूमाथि गम्भीर समीक्षा गरी संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्त्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित