युनिलिभरले घोषणा गर्‍यो प्रतिकित्ता १५८० रुपैयाँ लाभांश

काठमाडौं । युनिलिभर नेपालले आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १५ सय ८० कित्ता लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त नगद लाभांश घोषणा गरेको हो ।

आफ्ना सेयर लगानीकर्तालाई उच्च लाभांश वितरण गर्ने कम्पनीहरूको सूचीको अग्रपङ्क्तिमा युनिलिभर नेपाल पर्छ । यही असोज २६ गते बसेको सञ्चालक समितिको बैठकबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीकी सचिव सङ्गीता श्रेष्ठले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७९/८० का लागि प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश अहिलेसम्मकै धेरै हो । गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १२ सय १५ रुपैयाँ नगद लाभांश दिएको थियो । उच्च लाभांश वितरणको घोषणासँगै कारोबारको यस अवधिसम्म सेयर मूल्य प्रतिकित्ता ४.३८ प्रतिशतले बढ्दै ३६ हजार ७५२ रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित