धादिङ । धादिङको गंगाजमुना गाउँपालिका– ४ गुम्दीमा जिप दुर्घटना हुँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ। धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे.१ज २६६९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
बिदा मनाउन गाउँ आएका गंगाजमुना गाउँपालिका– २ का करिब १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक एडेल तामाङ र फिडिक तामाङ घाइते भएका छन् । घाइतेहरूको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
इलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोली र स्थानीयले घटनास्थलमा पुगी उद्धार गरेका थिए।