मनाङ एयरको हेलिकप्टर ३ महिनामा दुई पटक दुर्घटना, उडान अनुमति रद्व

काठमाडौं । मनाङ एयरको हेलिकप्टर पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएका र उक्त वायुसेवा जहाजबिहिन भएको भन्दै नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वायुसेवाको उडान अनुमति (एओसी) रद्द गरिदिएको छ ।

मनाङको एउटा ९एन एएमभी कलसाइनेका हेलिकप्टर गत ११ जुलाइमा नाम्चेमा दुर्घटना भएको थियो भने शनिबार फेरि अर्को ९एनएलजे हेलिकप्टर दुर्घटनामा परेको छ ।

यो वायुसेवाको खराब उडान सुरक्षाको कारण उडान सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यो वायुसेवासँग जबसम्म उडायोग्य जहाज हुँदैन तबसम्म यसको एओसी खुला हुँदैन ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले भने छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले भने ‘एकातर्फ कम्पनीलाई ठूलो क्षति भयो भने अर्कोतर्फ तत्काल उडायोग्य जहाज नै भएकोले एओसी निलम्बनमा पर्नुलाई स्वभाविक मानेका छौ ।’

मनाङले हेलिकप्टर अर्डर गरिसकेकोले अबको चार महिनामा आउने र त्यसपछि पुनः नियमित उडान गर्ने जानकारी पनि न्यौपानेले जानकारी दिए ।

शनिबार भएको हेलिकप्टर दुर्घटनाबाट क्याप्टने प्रकाशकुमार सेढाइ सख्त घाइते भएका छन । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै हेलिकप्टरमा लागेको आगोमा परेर शरीरका केही भाग जलेका छन भने हेलिकप्टर पूर्ण क्षति भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित