एमालेको सहयोगमा कांग्रेसका केदार कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले)को सहयोगमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कार्कीले कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीअघि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका इन्द्र आङ्बोले दाबी पेश गरेका थिए ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्दा कांग्रेसका सबै २९ सांसदको हस्ताक्षर छ । तर कांग्रेसकै डा शेखर कोइराला पक्षका ८ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।

एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएको छ । यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित