नेपाली बजारमा भोलिदेखि बिक्री हुँदै आईफोन १५ सिरिज, कुन मोडेलको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा भोलि शुक्रबारदेखि आईफोन १५ सिरिज बिक्री हुने भएको छ । यसअन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स उपलब्ध हुनेछन् ।

आईफोन १५ अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ५७ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ७६ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख १४ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै आईफोन १५ प्लस अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ७६ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ९५ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी आईफोन १५ प्रो अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९५ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको दुई लाख १४ हजार, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ५३ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ९० हजार रुपैयाँ रहेको छ ।

आईफोन १५ प्रो म्याक्स अन्तर्गत २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ७१ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य तीन लाख ९५०० रुपैयाँ रहेको छ ।

यी मोडेल खरिदमा एक वर्षको एप्पल वारेन्टी र थप एक वर्ष वारेन्टी हुनेछ । त्यस्तै पहिलो वर्षका लागि एक पकट स्क्रिन रिप्लेसमेन्ट गर्ने सुविधा रहेको वितरकले जनाएका छन् ।

नेपाली बजारमा ईभोस्टोर, जेनेरेसन नेक्स्ट र ओलिज स्टोरमार्फत आईफोन बिक्री वितरण हुँदै आएको छ । यसअन्तर्गत जेनेरेसन नेक्स्टले एभरेष्ट बैंक, एनएमबि बैंक र ग्लोबल आईएमई बैंकसँग सहकार्य गरेर प्रयोगकर्तालाई शून्य डाउनपेमेन्ट तथा किस्ताबन्दीमा फोन उपलब्ध गराउने घोषणा गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित