बौद्धमा गोली प्रहार गरेर एकजनालाई लिइयो नियन्त्रणमा

काठमाडौं । लुटपाटमा संलग्न एक व्यक्ति प्रहरीको गोली लागेर घाइते भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा प्रहरीको गोली लागी सिन्धुली कमलामाईका अमर घलान घाइते भएका हुन् ।

दाहिने घुँडा र तीघ्रामा गोली लागेर घाइते घलानको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।

मैनालीका अनुसार घलानको साथबाट ७ राउन्ड गोलीसहितको एक थान पेस्तोल बरामद भएको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहलाई पछ्याउँदै गएको प्रहरीमाथि आक्रमण प्रयास गरेकाले जवाफी कारबाहीको क्रममा घलानलाई गोली हानेर नियन्त्रणमा लिएको मैनालीले बताए ।

घलानसहितका व्यक्ति काठमाडौंमा लुटपाटमा संलग्न रहेको उनले बताए । प्रहरीले सर्लाहीका सन्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई पनि दुई थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित