नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेशन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेसन जरुरी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने (‘नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा मेजर अपरेशन जरुरी छ ।

हामीले अहिलेसम्म अपनाउँदै आएका नीति कार्यक्रम निर्माणको प्रक्रियाा र बजेट निर्माणमा सुधार आवश्यक छ । अहिलेको कार्यक्रमा पुरानै प्रक्रिया अपनाउँनुको विकल्प भएन ।

आगामी नीति कार्यक्रम निर्माण र बजेट बनाउँने विषयमा मेजर अपरेसनको तयारीमा छौं ।’ सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने प्रधानमन्त्रीको भनाई थियो । ०८०/८१को बजेट निर्माणमा विगतका योजनाको समिक्षा र आगामी योजनाबारे सोचिने उनले बताए । ‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन ।

रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने , ‘वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ । तर, मूल सुधार बाँकी छ ।’ नीजी क्षेत्रका सबैले अर्थतन्त्र के गरी सुधार्ने भन्ने सुझाब राखेर आफ्नो योजनालाई साथ दिएको बताउँदै कार्यक्रमा धारणा राख्नेहरुलाई धन्यवाद व्यक्त गरे ।

सबैका सुझाब र भावनालाई ग्रहण गर्दै सरकार अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन तयार रहेको उनले बताए । ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित