तीन कम्पनीको सेयर सूचीकृत

काठमाडौं । मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। मिड सोलु र भगवतीको आईपीओ तथा सुनकोसी हाइड्रोलाई प्राप्ति गरेपछि नेसनलको सेयर नेप्सेमा सूचीकृत भएको हो।

मिड सोलुको ७४ लाख ८४ हजार कित्ता र भगवतीको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएका हुन्। बुधबार सूचीकृत भएसँगै यी कम्पनीको सेयर कारोबार बिहीबारदेखि हुने भएको छ।

नेप्सेले पहिलो कारोबारको लागि मिड सोलुलाई एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ भने भगवतीले १ सय २० रुपैयाँ ४१ पैसादेखि ३ सय ६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ रेन्ज पाएको छ।

मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा, कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता संस्थापक नेप्सेमा सूचीकृत भएको हो।

यसैगरी भगवतीको १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण र ४२ लाख ९० हजार ४ सय ८५ कित्ता संस्थापक सेयर बिहीबारबाट कारोबार गर्न मिल्ने भएको छ। नेसनलले सुनकोसी हाइड्रोलाई १००ः२५ को स्वाप रेसियोमा प्राप्ति गरेको थियो। सुनकोसीको १ लाख कित्ता सेयरबराबर नेसनलको २५ हजार कित्ता सेयर बिहीबारदेखि नेप्सेमा किनबेच हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित