विराटनगर । नवजात शिशु बिक्री गरेको आरोप लागेका एकजना चिकित्सकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको थियो ।
बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा। तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा। तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।
उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ । अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार विराटनगर–११ जनपथ टोलका निर्मला यादव, मोरङ कटहरी–२ की शुक्री राजवंशी र दिलमनीदेवी राजवंशीलाई धरौटी छाड्न आदेश भएको छ ।
शुक्रीसँग दुई लाख, निर्मलासँग एकलाख र दिलमनीदेवीसँग १० हजार रुपैयाँ धरौटी माग गरिएको जनाइएको छ ।
२६ वर्षीया अविवाहित युवतीले असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशु ९छोरी० जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गोविन्दले गर्भवती बनाएपछि प्रसूतिका लागि अस्पताल लगेका थिए ।
प्रहरीका अनुसार कम तौलको भन्दै शिशु गायब पारी डा। तपेश्वरलगायतले बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । सामान्य प्रसूतिमार्फत छोरी जन्माएपछि गोबिन्ले युवतीलाई सुनसरीको इटहरी पुर्याएर होटलमा राखी भागेका थिए ।
साउन ३२ गते युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् । उनले आफूले छोरी जन्माएपछि अस्पताबाटै हराएको प्रहरलाई बयान दिएकी थिइन् । त्यसपछिको अनुसन्धानबाट डा. तपेश्वरले नि ः सन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलासा भएको थियो ।
मोरङको कटहरी–२ आदर्श टोलका गत सूर्यनारायण राजवंशीले पाँच लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट खुलेको थियो ।