सरकारले इजरायलमा रहेका नेपाली ल्याउन जहाज राति ११ बजे पठाउने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपाली लिन आज (बुधबार) जहाज पठाउने भएको छ । सरकारले आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउने भएको हो ।

उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई ल्याइने छ । त्यस्तै हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने परराष्ट्र मन्त्रालयले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ३५० जना नेपाली इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् ।

परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने परराष्ट्र स्रोतले जनाएको छ ।​

हमासले गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित