सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज १४ गतेदेखि प्रतिकित्ता २३७.५८ रुपैयाँ अंकित सर्वसाधारणका लागि जारी गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बुधबार बाँडफाँड भएको हो ।

गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको कम्पनीले जनाएको छ ।

१० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर समेत थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित