भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले १२ लाख बराबरको कपडा बरामद गरेको छ । नवलपरासीको इलाका प्रहरी कार्यालय महेशपुरको गस्ती टोलीले बुधबार बिहान भूजहवा नाकाहुँदै ल्याएको कपडालाई सरावल गाउँपालिका–७ बुलन्दपुरबाट बरामद गरेको हो ।

बरामद भएका कपडामा जयपुरी साडी, सुट, रेडिमेट ब्लाउज, जेन्स कुर्ती, लेडिज सुट, टप्सलगायत १२ लाख ७० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।

बोराभित्र राखेर ल्याएको उक्त कपडा १७ जना व्यक्तिहरूले टाउकोमा राखेर ल्याउँदै गरेका थिए । प्रहरी टोलीलाई देखेपछि बोरा छाडेर संलग्न व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ । बरामद भएका कपडा महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

कारोबारमा संलग्न व्यक्तिहरुले सिमावर्ती क्षेत्रका स्थानीयलाई प्रयोग गरेर अवैध कपडा ल्याउने र गोदाममा संकलन गरी जिल्लासहित अन्य जिल्लामा पठाउने गरेका छन् । चाडपर्व नजिकिएसँगै अहिले सिमावर्ती नाकाबाट कुखुरा, चामल, चिनी, कपडा, पटकालगायतका सामाग्रीहरू अवैधरुपमा भित्र्याउने गरिएको छ ।

चाडपर्वमा तस्करीको कार्य बढ्न सक्ने संभावनालाई मध्यनजर गरेर सीमावर्ती क्षेत्रमा निगरानीसँगै गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित