दशैंमा घर जाँदै हुनुहुन्छ ? यस्ताे छ गाडी र जहाजकाे भाडादर

काठमाडौं । सरकारले दशैंका लागि गत सोमबारदेखि सर्वाजनिक सवारी साधनको टिक अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ।

छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसार पनि चाडपर्वको मुखमा हवाइ भाडादर दोब्बरले बढाउने गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारी र हवाइको भाडा पनि बढ्ने गरेको छ।

यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ। सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन्।

हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन्।

कहाँको कति ?
हवाइ भाडादरअनुसार काठमाडौं–धनगढी गन्तव्यका लागि सबैभन्दा बढी भाडा रहेको छ। यात्रु अकुपेन्सीको आधारमा एयरलाइन्सहरूको यस्तो भाडादर घटबढ भइरहन्छ।

एयरलाइन्सका अनुसार काठमाडौं–धनगढी भाडादर १३ हजार ५०१ रूपैयाँदेखि १७ हजार १८६ रूपैयाँ रहेको छ।

काठमाडौं–सुर्खेत ९ हजारदेखि १४ हजार १६८ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज ६ हजार सात सयदेखि १० हजार एक, काठमाडौं–विराटनगर पाँच हजार सातसय देखि ७ हजार दुई सय, काठमाडौं–भैरहवा पाँच हजार १२९ रूपैयाँदेखि ७ हजार २०१ रहेको छ।

त्यस्तै, काठमाडौं–भद्रपुर ६ हजार ३६० देखि नौ हजार आठ सय, काठमाडौं–जनकपुर चार हजार एकसय देखि ५ हजार ८८६ र काठमाडौं–पोखरा चार हजार चार सयदेखि चार हजार ६ हजार ७७८ रूपैयाँसम्म रहेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि यातायात व्यवस्था विभागले भाडादर निर्धारण गरेको छ।

विभागले पछिल्लो पटक सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ।

जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं–इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं–जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ।

काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं–पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं–भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ।

काठमाडौं–विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं–भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं–महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ।

काठमाडौं–सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रहेको छ। काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ तोकिएको छ। काठमाडौं–खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ तोकिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित