सिक्किममा आएको बाढीमा परि इलामका १० जना बेपत्ता भएको आशङ्का

इलाम । भारतको सिक्किममा आएको बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएको छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।

उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खोजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

पोखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएको बताएका छन । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएको र उनीहरुको खोजीका लागि समस्या भएको उनले बताए ।

उनले बेपत्ताहरुको खोजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित