चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि मंगलबारदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कूल निष्कासन मध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीकारीलाई बाँडफाँट गरिसकेको छ ।

साथै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने असोज २६ गतेभित्र दिइसक्नुपर्ने छ । तथापि, सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित