बंकरभित्र रहेका ११ नेपाली विद्यार्थीहरूको उद्धारका लागि सेना पुग्यो

काठमाडौं । बंकरभित्र रहेका ११ जना नेपाली विद्यार्थी रहेको ठाउँमा इजरायली सेना पुगेको छ। उनीहरूमध्ये ६-७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए।

नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए।

‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक(दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित