काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। यसले १०प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असोज २४ गते बुक क्लोज हुनेछ।
तसर्थ, मंगलबार असोज २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ। उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।