टाटाले राख्यो २३ ठाउँमा फास्ट चार्जिङ स्टेसन, १२५ एसी चार्जर

काठमाडौं । देशमा विद्युतीय गाडी प्रवद्र्धनका लागि टाटा मोटर्सले प्रमुख राजमार्गमा धमाधम चार्जिङ स्टेसन स्थापना गरिरहेको छ । अहिलेसम्म टाटाले उपत्यकासहित विभिन्न २३ ठाउँमा डिसी फास्ट चार्जिङ स्टेसन तथा एक सय २५ भन्दा धेरै ७.२ किलोवाटका एसी फास्ट चार्जिङ प्वाइन्टहरू स्थापना गरेको हो ।

टाटाका गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार फास्ट चार्जिङ स्टेसनहरू ललितपुर, सिन्धुली, बिर्तामोड, इटहरी, लाहन, ढल्केबर, सिमरा, हेटौँडा, नारायणगढ, चुम्लिङटार, धार्के, पोखरा, भैरहवा, भालुवाङ, नेपालगन्ज, धनगढीलगायत ठाउँमा छन् ।

एसी फास्ट चार्जरहरू भने सोरुम, सर्भिस सेन्टर, सपिङ मल, होटेल, हस्पिटललगायत ठाउँहरूमा रहेको टाटाको प्यासेन्जर विभाग प्रमुख सावन्तजंग सिजापतिले बताए ।

‘सिप्रदीले प्रमुख राजमार्ग र सहरहरूमा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरेर विद्युतीय गाडीको यात्रालाई सहज बनाउन केन्द्रित छ,’ उनले भने, ‘इभीको बजार विस्तारका लागि पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेका छौँ ।’

‘अब टाटाको बिजुली गाडी चढेर पूर्वदेखि पश्चिमसम्म पुग्दा पनि कुनै समस्या छैन,’ सिजापतिले भने, ‘प्रमुख राजमार्गमा हरेक सय–डेढ सय किलोमिटरभित्र टाटाको फास्ट चार्जिङ स्टेसन नै छन्, साथै ठाउँ–ठाउँमा एसी चार्जर पनि छन् ।’

नेपाली इभी बजारमा टाटाको नेक्सन, टिगोर, टियागो, एक्सप्रेस–टी र एस इभी पिकअप गरी चारवटा मोडलका विद्युतीय गाडी उपलब्ध छन् । यस्तै, सन् २०२४ को पहिलो महिनाभित्र नयाँ मोडल पञ्च इभी पनि नेपालमा ल्याउने तयारी सिप्रदीको छ ।

डिसी फास्ट चार्जरबाट ६० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुने सिप्रदीले जनाएको छ । तर, ७।२ किलोवाटका एसी चार्जरबाट भने अलि समय लाग्छ । अझै थुप्रै ठाउँमा फास्ट चार्जर थप्दै जाने योजना रहेको सिप्रदीले जनाएको छ ।

कतिपय चार्जिङ स्टेसनहरूमा एकैपटक दुई वा दुईभन्दा बढी गाडी चार्ज गर्न मिल्छ । धार्केको टाटा सर्भिस सेन्टरमा एउटा डिसी फास्ट चार्जर र पाँचवटा एसी चार्जर छन् ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले पनि देशभर ५१ वटा डिसी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । जहाँ कुनै पनि प्रकारका विद्युतीय गाडीहरू चार्ज गर्न मिल्छ । अब टाटाको इभी चढेर लामो दूरीमा समेत यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।

टाटाका विद्युतीय गाडी चढ्नेलाई लामो दूरीमा यात्रा गर्न पाएनौँ भन्ने गुनासो आउन नदिने गरी सिप्रदीले काम गरिरहेको सिजापतीले बताए । विद्युतीय कारको बजार प्रवद्र्धनका लागि चार्जिङ नेटवर्कसँगै इभी डेडिकेटेड सर्भिस सेन्टरको संख्या पनि बढाउँदै जाने नीति सिप्रदीले लिएको छ । अहिले दैनिक करिब एक दर्जन गाडी चार्जिङ गर्न आउने गरेको ताज रिभरसाइड रिसोर्ट मूलकोटका व्यवस्थापकले बताए ।

टाटाले मूलकोटमा ताज रिभरसाइड रिसोर्टमा फास्ट चार्जिङ स्टेसन राखेको छ । बिदाको दिन र चाडपर्वमा अलि बढी नै गाडी चार्ज गर्न आउने गरेको उनको भनाइ छ ।

उनले भने, ‘गाडी ल्याएर चार्जमा जोडेपछि खाना खाइसक्दा फुल चार्ज भइसक्छ ।’ महेन्द्र राजमार्गमा पर्ने ढल्केबर (धनुषा) चार्जिङ स्टेसनमा पूर्व–पश्चिम र काठमाडौं यात्रा गर्नेहरू गाडी चार्ज गर्न आउने गरेको टाटा सर्भिस सेन्टरका एक कर्मचारीले बताए ।

सरकारले पनि करमा छुट दिएरै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । विद्युतीय गाडीको प्रवद्र्धनमा सहयोग पुग्ने गरी सिप्रदीले ठाउँ–ठाउँमा इभी सोरुम, डेडिकेटेड सर्भिस सेन्टर र चार्जिङ स्टेसनको इकोसिस्टम नै तयार गरिरहेको बताइएको छ ।

अहिले सिप्रदीले देशभर १५ वटा डेडिकेटेड इभी सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । सिप्रदीले नेपालमै पहिलो ब्याट्री रिपेयर एन्ड डायग्नोसिस सेन्टरसमेत स्थापना गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित