कोशीमा नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान

काठमामौं । सरकार फेरबदलको चक्करमा परेको कोशी प्रदेशमा फेरि नयाँ सरकार बन्ने भएको छ।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

शनिबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ पाँच बजेभित्र विश्वासको मत प्राप्त गर्ने सक्ने कुनै पनि प्रदेश सभाका सदस्यहरुलाई दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नभएपछि कार्कीले शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिने कार्यसूची थियो।

अब कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सरकार गठन हुनेछ। जसका लागि कुनै पनि सदस्यले सरकारको नेतृत्व लागि दाबी पेस गर्न सक्नेछन्।

384573688 1623581454832532 9160000313164075334 n1696686989 https://newskhari.com/storage/2023/06/13-e1679231335488.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित