विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।
उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने भएको एमाले स्रोतले जनाएको छ ।
उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।
विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रसस्त गर्न लागेका हुन् ।
यद्यपि आधिकारि रुपले राजीनामा दिने कुराको पुष्टि हुन सकेको छैन ।