बागलुङमा जीप दुर्घटना : जीपमा सवार सात जना घाईते

बागलुङ । पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका(३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् ।

धौलागिरी कालिका यातायात प्रा.लि.को ग१ज६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा सवार सबैको उद्धार गरेर उपचारका लागि पठाईएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरि नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिए ।

चालकले टायरमा ओट लगाउने ढुंगा खोज्दाखोज्दै जीप खोलामा खसेको उनले बताए । घाइते हुनेमा ताराखोला– ५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिर कुमारी दर्जि, रबि परियार, मनिसा परियार, शुसिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिम बहादुर रोका रहेको वडा नं.३ का अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिए ।

घाइते भएका सबैको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको र थप उपचार आबश्यक पर्ने बिरामिका लागि पोखरा रिफर गर्ने तयारि गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित