पहिरोले बुर्तिबाङ – रूकुम खण्ड अवरूद्ध

ढोरपाटन । मध्यपहाडी लोमार्गको बागलुङको बुर्तिबाङ(पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मङ्गलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले बताए । निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बागलुङ, पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताए । उनका अनुसार काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन् ।

प्रहरी नायब उपरीक्षक केसीले भने, “अहिले पनि भारी वर्षा भइरहेको छ । हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षा रोकिने बित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ । ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन ।”

पहिराले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ । करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा लेदोसहितको पहिराले सडक पूर्ण रूपमा ठप्प भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित