११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६ वर्षीय तासी दावा भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

उनलाई स्वयम्भूबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको पाइएको पनि सीआइबीले जनाएको छ ।

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको थियो । सो प्रकरणमा प्रहरीले दोलखाबाटै ७ जनालाई पक्राउ गरिसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित