भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध जितका लागि नेपालले २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको हो।

भारतका शिवम् दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुबेले १९ बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।

ओपनरद्वय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९।५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित