कहिलेदेखि बाहिरिन्छ मनसुन ?

काठमाडौं । नेपालमा सामान्यतः अक्टोबर २ बाट मनसुन बाहिरिन सुरू गर्छ । तर, बुधबारसम्म मनसुन बाहिरिने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए।

‘साधारणतयाः सोमबार (आज)बाट मनसुन बाहिरिन सुरू गर्नुपर्ने हो। तर, तीन दिनको मौसम विश्लेषण गर्दा बुधबारसम्म मनसुन सक्रिय नै देखिन्छ । बदली र वर्षा भइरहन्छ। बुधबारपछि मात्रै कहिले बाहिरिन्छ भन्न सकिन्छ,’ उनले भने।

उनका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यसले बदली र वर्षात् गराइरहेको छ।

सोमबार बिहान ८ बजे दाङ आसपासका क्षेत्रमा मध्यम वर्षा भयो। अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्य बदलीकै अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले औंल्याए। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनको भनाइ छ।

‘भारतको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थालेको छ। तर, नेपालमा प्रणाली कायम रहेकाले कहिले बाहिरिन्छ भनेर यकिन गर्न सकिँदैन। हामीले असोज १२ गते नै बुलेटिनमार्फत् मनसुन बाहिरिन केही समय लाग्ने बताएका थियौं,’ उनले भने।

शुक्रबार बुलेटिन निकाल्दै महाशाखाले बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले केही दिन अझै बदली र वर्षाको सम्भावना रहेको बताएको थियो।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ।

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकोले आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानहरूमा आशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बुलेटिनमा भनेका थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित