हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आज (आइतबार) सम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो। प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो।

अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।

उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए।

शनिबार दिनभर अस्पतालमै बसेका उनलाई आइतबार प्रहरी परिसर टेकु लगिएको थियो। टेकुमा प्रहरीसँगको सोधपुछपछि उनलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको थियो। उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित