लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ र आइतबार प्रतितोला आठ सय रुपैयाँ गरी पाँच दिनमा सुनको भाउ प्रतितोला चार हजार दुई सय सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित