नेपालद्वारा माल्दिभ्स १३८ रनको अन्तरले पराजित, नेपाल क्वार्टारफाइनलमा प्रवेश

काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो । अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो।

आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।

माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे । घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए।

बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३।४ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित