आज प्रतिनिधिसभा बैठक, शिक्षा विधेयक पेश हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार दिउँसो १ बजेका संघीय संसदको प्रतिनिधि सभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

आजको बैठकमा शिक्षा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने छ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित