१ लाख ५० हजार घुससहित दुई कर्मचारी समातिए

काठमाडौं । सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुईजना कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सुनसरी मालपोत कार्यालयका नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट गएको टोलीले शुक्रबार उक्त घुस रकमसहित पक्राउ गरेको हो।

उनीहरुले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनीहरुलाई अख्तियारको टोलीले इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।

उक्त परिमाणको घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरेर इटहरीस्थित क्षेत्रीय कार्यालयको हिरासतमा राखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित