काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ ।
गीत राजकुमार फिल्म युटयुब च्यानलबाट सार्वजनिक भएको छ । प्रकाश रन्का र एलिना चौहानको स्वर रहेको गीतमा शब्द चन्द्र देव र लय संगीत प्रकाश रन्काकै रहेको छ ।
हेमन्त शिशिरको संगीत संयोजन रहेको गीतलाई मारुनि स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा कुमार राणाको मिक्सिङ रहेको छ ।
राजकुमार मगरको निर्देशन रहेको गीतमा रेनुका खड्का र राजकुमार मगरको अभिनय रहेको छ ।