माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ।

पार्टीद्वारा सञ्चालित ३ महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदा पनि निको नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै उनको निधन भएको परिवारनिकट स्रोतले जानकारी दिएको छ।

बडुवाल निमोनियाबाट पीडित थिए। समयमै उचित उपचार नपाउँदा निमोनिया बिग्रिएर उनको निधन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका एक नेताले जानकारी दिए।

बडुवालको स्वास्थ्य जटिल बन्दै गएपछि परिवारका सदस्यले उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याएका थिए। अस्पतालले थप उपचारका लागि अन्यनत्र लैजान सुझाव दिएपछि उनलाई विमानमार्फत् काठमाडौं लैजाने तयारी गरिएको थियो। तर बडुवालको स्वास्थ्य अवस्थाका कारण विमान कम्पनीहरुले उनलाई लिन मानेनन्।

माओवादी केन्द्र कैलालीका नेताहरुले हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने प्रयास गरिए पनि सफल नभएपछि एम्बुलेन्समार्फत् लखनउ लगिएको जानकारी दिए। तर उनको निधन भयो।

जनयुद्धकालमा सुर्खेत जेल ब्रेक गरेका बडुवाल सुदूरपश्चिमका राम्रो जनसमर्थन भएका माओवादी नेतामध्ये मानिन्छन्। २०७१ सालमा भएको बस दुर्घटनामा बडुवालले आफ्नी श्रीमती र १ जना छोरा गुमाएका थिए। २०७१ अरोज २० गते, डोटीको छतिवनमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित