नेपालको शानदार जीत, मंगोलिया ४१ ‘रनमै अलआउट’

काठमाडाैं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध नेपालले कीर्तिमानी जीत हात पारेको छ ।

नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियामा १३.१ ओभरमा ४१ रन मात्रै बनाएर अलआउट भयो । नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको छ ।

मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो । अब यो रेकर्ड नेपालको नाम आएको छ ।

मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, करण केसीले २ ,अविनाश बोहराले २ र दिपनेद्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाललले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए ।

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित